बुधबार , बैसाख ८, २०७८

सर्लाहीमा कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

सर्लाहीमा कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

२७ फागुन, रौतहट । रौतहटमा लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी रहेका छन् ।

उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९ सय थान लागूऔषध नाइट्राभेट फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हाे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरी कर्मचारी नै भएपनि गैरकानुनी काम गर्ने धामीलाई पक्राउ गरी नियन्त्रणमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय