शुक्रबार , बैसाख ३, २०७८

तपाईको आजको राशीफल कस्ताे छ ?

तपाईको आजको राशीफल कस्ताे छ ?

वि.सं. २०७७ साल फागुन २८ गते । शुक्रबार । इ.स.२०२१ मार्च १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फागुन कृष्णपक्ष । तिथी– चतुर्दशी,१४ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,२२ बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– सिद्ध,०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,१४ बजेर ५१ मिनेट उप्रान्त चतुष्पद,२७ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेटमा,सूर्यास्त १८ बजेर ०९ मिनेटमा । दिनमान २९ घडी ३७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बिशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिने छ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धी मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउने छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहने छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- पढाईलेखाईमा उपलब्धी हात पार्नको लागी कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थाई सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । मायाप्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- तपाईको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मीहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यवसायमा नाफा कमाउन अरु दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रश्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-  सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय