बुधबार , बैसाख ८, २०७८

निरन्तरको संवादमा एमाले र जसपा

निरन्तरको संवादमा एमाले र जसपा

२८ फागुन,काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता समिकरणको संवादलाई आज पनि निरन्तरता दिने भएका छन् । कार्यदल नै बनाएर छलफल सुरु गरेका दुई दलबीच प्रधामन्त्री निवास बालुवाटारमा हिजो भएको संवाद सकारात्मक एवम् परिणामउन्मुख भएको नेताहरुले बताएका छन् ।

आज वेलुका ४ बजे बालुवाटारमा बस्ने बैठकमा सरकारले सम्बाेधन गर्नुपर्ने आफ्ना मागहरु र सम्बाेधनकाे विधि के हुने भन्ने विषयमा छलफल केन्द्रित हुने जसपा नेता लक्ष्मणलाल कणले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिहीबार भएको छलफलमा जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण र  नेकपा एमालेका तर्फबाट भने प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्बाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय