सोमबार , बैसाख ६, २०७८

आगामी चैत १ गते नेकपा एमालेको बैठक बस्ने तयारी

आगामी चैत १ गते नेकपा एमालेको बैठक बस्ने तयारी

२८ फागुन, काठमाडौं । आगामी चैत १ गते नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको छ तर, अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

स्राेतका अनुसार आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै बैठकबारे एकीन हुने छ । यसका लागी आज पनि शीर्ष नेताहरुसँग छलफल जारी रहने छ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने छ। एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय