शुक्रबार , बैसाख १०, २०७८

राष्ट्रपति भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने

राष्ट्रपति भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने

२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छिन् । राष्ट्रपति निवास स्रोतका अनुसार उनले चैत्र ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा हुन लागेको एक विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय