आइतबार , बैसाख ५, २०७८

नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

२८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ६५ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

1 3

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको उन्नाइसौँ वार्षिक साधारण सभा । चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाको पौष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सबैको लघुवित्त वित्तीय संस्थाको १०.५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय २९ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

2 2

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा चैत्र १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षका लागि १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लिफ्टिङ्ग बिग्रिएपछि उदयपुर गढीमा खानेपानीको हाहाकार लिफ्टिङ्ग बिग्रिएपछि उदयपुर गढीमा खानेपानीको हाहाकार ६ घण्टा पहिले
बालबालिकामा हुने क्लब फुट समयमै उपचार गरे निको हुने बालबालिकामा हुने क्लब फुट समयमै उपचार गरे निको हुने ८ घण्टा पहिले
जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान २ घण्टा पहिले
अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल ८ घण्टा पहिले
अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने ८ घण्टा पहिले
संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई १ घण्टा पहिले
काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग ५ घण्टा पहिले
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित ५ घण्टा पहिले