आइतबार , बैसाख ५, २०७८

पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै काकाले गरे भतिजको हत्या !

पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै काकाले गरे भतिजको हत्या !

२८ फागुन, रुपन्देही । रुपन्देहीको गैडहवामा पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक जनाको हत्या गरिएको खुलेको छ । गैडहवा गाउँपालिका-६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या भएको पुष्टि रुपन्देही प्रहरीले गरेको छ ।

हत्या गरेर फालेको अवस्थामा १७ मंसिरमा सोहि स्थानको पर्सा-कलौनी सडक खण्डको पूर्व किनारमा शव फेला परेको थियो । ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले उक्त घटनाको अनुसन्धान गर्दा सोही स्थानका ३१ वर्षीय रामवरण लोधले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्‍लेषण र बुझिएका स्थानीय मानिसहरू समेतको भनाइको आधारमा मृतकको हत्या रामवरण यादवबाट हुन आएको खुलेको छ ।

दिनेश लोधको आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको रामवरण लोधले प्रहरीसँगको बयानमा बताएका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले घटनाको अनुसन्धान गरेको थियो । घटनामा प्रदेश प्रहरी कार्यालयको सहयोगमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रामवरण लोधलाई प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका-७ शिवगढियाबाट पक्राउ गरेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माडीको अयोध्यामा राखिने मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा माडीको अयोध्यामा राखिने मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा ४ दिन पहिले
बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा १ हप्ता पहिले
संक्रमण बढेपछि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक संक्रमण बढेपछि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक ३ हप्ता पहिले
अप्राकृतिक फैसला सच्चिने प्रचण्डकाे आशा [ पुनरावलोकन निवेदनकाे पूर्णपाठ ] अप्राकृतिक फैसला सच्चिने प्रचण्डकाे आशा [ पुनरावलोकन निवेदनकाे पूर्णपाठ ] ३ हप्ता पहिले
नेपालले एमाले विभाजन गर्लान कि प्रचण्डको साथमा जालान ? नेपालले एमाले विभाजन गर्लान कि प्रचण्डको साथमा जालान ? २ हप्ता पहिले
अनलाइन कक्षाले युट्युबमा पढ्ने सामग्री खोज्न थाले विद्यार्थी अनलाइन कक्षाले युट्युबमा पढ्ने सामग्री खोज्न थाले विद्यार्थी ५ दिन पहिले
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु ५ दिन पहिले
एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु ३ दिन पहिले