उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टा सम्मानित
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १६:४७:४४
२८ फागुन,कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टालाई रुपा रत्नले सम्मान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले स्थानीय तह स्थापना दिवसका अवसरमा गाउँपालिकाको केन्द्र भिरकोटमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
रुपा गाउँपालिकामा जन्म भएका साहित्यकार तथा लेखक हरिहर खनाल, अमर न्यौपाने, रामबाबु सुवेदी, बद्रीविनोद खनाल ९प्रतीक०, सूर्य खड्का विखर्ची, अभिनय तथा निर्देशक क्रियाशील रङ्गकर्मी मालोत्से गुरुङ, बक्सिङ खेलाडी चन्द्रबहादुर गुरुङ, तेक्वान्दो खेलाडी रमिला टी खत्री, कराँतेतर्पm सुवास खड्का, यु–१९ क्रिकेट खेलाडी सुनिल रानामगर, फुटबलतर्पm दिपेश आले र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउनुहुने रदिवल्ला मियाँलाई सम्मान गरिएको हो ।
सो अवसरमा मन्त्री रायमाझीले विविधतामा एकता भएको हाम्रो समाजमा विविध क्षेत्रमा स्रष्टाको उल्लेखनीय योगदान रहेको बताए । समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्न सकिने बताउँदै उनले मुलुकको विकास निर्माणमा आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले समाजका विविध पक्षमा अतुलनीय योगदान गर्नेहरुको सम्मान गरेको बताउँदै रुपामा जन्म भई हरेक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई आगामी दिनमा पनि उच्च मूल्याङ्कन गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार