कावासोतीमा एकै दिन ११ स्वास्थ्य केन्द्रको शिलान्यास
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १७:५:५०
२८ फागुन,कावासोती । नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।
वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।
नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले बताए । आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनले बताए । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उनले बताए ।
उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उनले बताए । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उनले बताए ।
एउटा कार्यालय करिब रु ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उनले बताए । सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भवन बन्नेछ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार