बिहिबार , बैसाख २, २०७८

पीएसएलका बाँकी खेल आगामी जुनबाट गर्ने तयारी

पीएसएलका बाँकी खेल आगामी जुनबाट गर्ने तयारी

२८ फागुन, एजेन्सी । पाकिस्तान सुपर लिग ‘पीएसएल’ टी-२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । खेलहरु कराँचीमा हुनेछ ।

खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि दुई साता अघि प्रतियोगिता स्थगित गरिएको थियो । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किए । सुरुमा सन्दीप टिममा नरहेपनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय