
२८ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताएका छन् ।
ट्वीट गर्दै उनले अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनुपर्ने बताएका हुन । ट्वीट मार्फत उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत स्पष्ट पारेका छन् ।
प्रतिक्रिया