
२८ फागुन, काठमाडौं । नायक अनमोल केसी र नायिका सुहाना थापा बिहिबार बिहान काठमाडाैंको सिंहदरबार अगाडि एक गीतको छायांकनमा व्यस्त थिए । डेढ महिना ब्रेक लिएर चलचित्रको तेश्रो चरणको छायांकन बिहिबारदेखि हिजाेदेखि सुरु भएको हो ।
काठमाडाैंमा चलचित्रकाे छायांकन सकेर यसको निर्माण यूनिट डोल्पा लागेको छ । डोल्पामा रहेको शे–फोक्सुन्डो तालमा चलचित्रको एक गीतको छायांकन हुनेछ । चलचित्रको छायांकन लकडाउन अगाडि नै सुरु भएको हो ।
तर, लकडाउन भएपछि छायांकन रोकियो । कात्तिक १ गतेबाट चलचित्रको दोश्रो चरणको छायांकन सुरु भएको थियो । चलचित्रको छायांकनको कुनै पनि तस्वीर यसको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर व्यापार गरेपछि दर्शकले यो जोडीको प्रतिक्षा गरिरहेका छन् । झरना थापाको निर्देशनमा बनिरहेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा संजय लामाको छायांकन छ ।
प्रतिक्रिया