सोमबार , बैसाख ६, २०७८

४२ लाख अवैध नगदसहित भक्तपुरबाट दुई पक्राउ

४२ लाख अवैध नगदसहित भक्तपुरबाट दुई पक्राउ

२८ फागुन, काठमाडौं । प्रहरीले भक्तपुरबाट ४२ लाख बढी अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ रहेका छन् ।

प्रहरीले बिहीबार बिहानपख २ बजेतिर पेप्सीकोलाबाट सानोठिमी तर्फ आउँदै गरेको बा २१ च ३८३९ नं।को नीलो रंगको कारको डिक्कीबाट २७ लाख रुपैयाँ नगद बरामद गरेको थियो । जुवातास खेलाई त्यसबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बालकोटस्थित घिमिरेको डेरामा खानतलासी गर्दा प्रहरीले थप १५ लाख ३० हजार नगद बरामद गरेको थियो भने घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी ९ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक र एक लाख २५ हजार रुपैयाँको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चेक, नेपाल बैंक लिमिटेडको ९ लाख ९९ हजार रुपैयाँको चेक र महालक्ष्मी विकास बैंकको १५ लाख रुपैयाँको चेक र मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर बरामद भएको छ ।

उनीहरु दुवैलाई शुक्रबार सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय