बुधबार , बैसाख ८, २०७८

आज अपरान्ह कांग्रेसले बाेलायाे पदाधिकारी बैठक

आज अपरान्ह कांग्रेसले बाेलायाे पदाधिकारी बैठक

२८ फागुन, काठमाडौं । आज नेपाली कांग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ । जसपासँग छलफल गर्नुअघि कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको हो । पदाधिकारी बैठक आज अपरान्ह ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा राखिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ । साथै जनता समाजवादी पार्टी नेपालले पनि कांग्रेससँग छलफल गर्न समय लिएको छ। स्रोतका अनुसार जसपा नेताहरूसँग सभापति देउवालगायतले अपरान्ह ४ बजे बुढानिलकण्ठमा नै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जसपाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बिहीबार भेटवार्ता गरेको थियो। सत्तासमीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)ले राखेका प्रमुख तीन मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

बिहीबार पार्टी सचिवालय बैठकलगत्तै बालुवाटार पुगेका जसपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताएका हुन् । थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक शुक्रबार बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय