बिहिबार , बैसाख २, २०७८

देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको प्रचण्डको भनाई  

देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको प्रचण्डको भनाई  

२८ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको बताएका छन् ।

शुक्रबार रुपन्देहीको बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिल्ने गरी एकपछि अर्को घटनाहरु घटाइएको बताएका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“जन्मिएको बच्चालाई फेरी आमाको गर्भमा लैजाने जस्तो काम भयो । हुनै नसक्ने कुरा पनि हुन लागेको छ।  यी विषयले देशमा केही अनिष्ट हुँदैछ भन्ने कुराको संकेत गरेको छ । हेर्दै जाउ, अझै कति अस्वभाविक परिघटना देख्नु पर्ने हो,” प्रचण्डले भने ।

प्रतिगमकारीहरुn] अझै पनि षडयन्त्र जारी राखेको भन्दै उनले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय