मन्त्रालयको सहयोगमा महिलालाई लोकसेवा तयारी कक्षा
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:३३:२७
२८ फागुन,बलेवा । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बाग्लुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा शुरु भएको छ । महिलालाई राज्यको अङ्गमा समानरुपमा पु¥याउने लक्ष्यले दशवटै पालिकाबाट ३५ महिलालाई तालीम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो ।
आर्थिकरुपमा विपन्न, सामाजिकरुपमा पछि परेका, दलित र जनजाति महिलालाई सो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । तालीमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको छ ।
यस्तो प्रकारको तालीमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना विश्वकर्माले बताए । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा उत्तीण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।
“परीक्षाको तयारी, कक्षा र लेख्ने पद्धतिबारे हामीले तालीममा सिक्ने छौँ”, उनले भने, “परीक्षाको प्रक्रिया नबुझेकाले यसअघि सहभागी पनि बन्न सकेका थिएनौँ ।” उनी जस्तै सहभागीले पहिलोपटक निःशुल्क र लक्षित समुदायमा पुगेको तालीमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार बजेट विनियोजन गरेपछि तालीम सञ्चालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । यसअघि छिटफुटरुपमा सङ्घसंस्था र ट्युसन सेन्टरले चलाएको तालीम औपचारिकरुपमा सरकारी निकायबाटै थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार