बिहिबार , बैसाख २, २०७८

त्रिपुरासुन्दरी मन्दिरका संरचना निर्माणमा बजेटभन्दा धेरै काम

त्रिपुरासुन्दरी मन्दिरका संरचना निर्माणमा बजेटभन्दा धेरै काम

२८ फागुन, डोल्पा । यहाँको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माणकार्यका लागि निकासा भएको बजेटभन्दा धेरै काम भएको छ । केन्द्र र प्रदेश सरकारलगायतका निकायबाट विभिन्न शीर्षकमा आएको रु दुई करोड सात लाख ३५ हजार ९९७ बजेटमा रु दुई करोड ३३ लाख आठ हजार ४७ खर्च गरिएको अक्षयकोष समितिले जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकारलगायत विभिन्न निकायबाट प्राप्त रकममा रु २६ लाख ४४ हजार रकम बराबरका धेरै काम गरिएको बताए । “मन्दिरमा खौलादेखि मन्दिरसम्म रेलिङ, खप्तडबाबा पदमार्ग र हरिकृतन मन्दिर निर्माणलगायतका काम गर्दैै जाँदा रकम नपुगेपछि उधारो काम गरिएको हो, प्राप्त बजेटभन्दा १३ प्रतिशत धेरै काम भएको छ”, उपाध्यायले भने। तोकिएकोभन्दा धेरै काम गर्दै जाँदा थप रकम खर्च भएको उनको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्दिरमा संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव २०७५÷७६ र ०७६÷०७७ गरेर रु एक करोड पाँच लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोष गरेर रु ६५ लाख प्राप्त प्राप्त भएको समितिले जनाएको छ । उधारो रकम पूर्तिका लागि समितिले विभिन्न निकायमा सहयोगको आह्वानसमेत गरेको छ ।

खप्तडबाट पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट जारी आवमा पुनः रु ५० लाख रकमसमेत आएको बताइएको छ । सरकारी निकायबाट प्राप्त विकास बजेटबाट तोकिएकोभन्दा धेरै काम गर्ने जिल्लाकै पहिलो आयोजना र समिति भएको सरोकारवाला निकायको भनाइ छ ।

नगरप्रमुख ओमबहादुर बुढासहितका सरोकारवाला व्यक्तिको उपस्थितिमा मन्दिरको सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेपालकै प्रशिद्ध मन्दिरमध्ये पर्ने वाला त्रिपुरासुन्दरी मन्दिरलाई सरकार देशका १०० पर्यटकीय गन्तव्यको सूचीमा समेत राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ९ घण्टा पहिले
मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल मनाइँदै मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल मनाइँदै ९ घण्टा पहिले
आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने १२ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १४ घण्टा पहिले
विद्यावारिधि गर्नेलाई एक लाखको नइ शोध पुरस्कार विद्यावारिधि गर्नेलाई एक लाखको नइ शोध पुरस्कार ४ घण्टा पहिले
क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री ३ घण्टा पहिले
एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु ८ घण्टा पहिले
भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन ६ घण्टा पहिले