बुधबार , बैसाख ८, २०७८

संसदीय दलको नेता चयन गर्दै जसपा

संसदीय दलको नेता चयन गर्दै जसपा

२८ फागुन,काठमाडौं । पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुङ्गो लागेको छैन”, जसपा स्रोतले भन्यो । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ । बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तनहुँ आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै तनहुँ आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै २ हप्ता पहिले
नागढुङ्गाबाट ४३ लाख नगदसहित एक पक्राउ नागढुङ्गाबाट ४३ लाख नगदसहित एक पक्राउ २ हप्ता पहिले
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ३ हप्ता पहिले
नयाँ वर्षसंगै वनक्षेत्रमा पिकनिक गर्नेको चहलपहल नयाँ वर्षसंगै वनक्षेत्रमा पिकनिक गर्नेको चहलपहल ७ दिन पहिले
नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी २ हप्ता पहिले
संक्रमणकाे जोखिम बढेपछि नेपाल समुहकाे कार्यक्रम स्थगित संक्रमणकाे जोखिम बढेपछि नेपाल समुहकाे कार्यक्रम स्थगित ८ घण्टा पहिले
एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्ने, चयन गर्यो बिक्री प्रबन्धक एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्ने, चयन गर्यो बिक्री प्रबन्धक १ हप्ता पहिले
प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई २ हप्ता पहिले