शुक्रबार , बैसाख १०, २०७८

शालिग्राम संरक्षणका लागि सङ्ग्रहालय निर्माण

शालिग्राम संरक्षणका लागि सङ्ग्रहालय निर्माण

२८ फागुन,तानसेन । कालीनदीमा मात्रै भेटिने शालिग्राम संरक्षणका लागि रामपुर नगरपालिका–१ खटाङ टापुधामस्थित शालिग्राम सङ्ग्रहालय बनेको छ । रामपुर नगरपालिकाको रु आठ लाख तथा पर्यटन बोर्डको रु पाँच लाख गरि कूल रु १३ लाखको लागतमा सो सङ्ग्रहालय निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विश्वमै दुर्लभ मानिएका शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइने भएकाले यसको संरक्षण गरेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सङ्ग्रहालयमा विभिन्न देवी देवताका प्रतिविम्बका रुपमा रहेका शालिग्राम हेर्न देश तथा विदेशबाट पर्यटक आउने उनको विश्वास छ । नगरप्रमुख थापाले रामपुरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्ग्रहालयले सहयोग पुग्ने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सङ्ग्रहालयमा स्थानीयवासीले सङ्कलन गरिएका दुई हजार ६१६ शालिग्राम राखिएका छन् । विगत आठ÷नौ वर्षदेखि शालिग्रामको धार्मिक महत्व, यसको खोजी र अध्ययनमा लाग्नुभएका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने चिन्ता लागे पनि सङ्ग्रहालय बनेपछि खुशी लागेको बताए ।

हिन्दू धर्मानुसार भगवानको विभिन्न रुपसँग बयान गर्दै पूजाआरधना गर्ने शालिग्राम जन्माउने आमा कालीगण्डकी तथा उसकै सन्तान शालिग्राम रहेको नदी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको चालिसेको भनाइ छ । मानव निर्मित मूर्ति जताततै भेटिए पनि स्वयं मूर्ति कालिनदीमा मात्रै भेटिने भएकाले नयाँ पुस्तामा समेत यसको पहिचान दिनका सङ्ग्रहालयले सहयोग गर्ने डा चालिसे बताउछन् ।

उनले रङ, चक्र, आकारको आधारमा कुन मूर्ति कुन भगवान्को भनेर चिनिए पनि गोलो आकारको एक मुठिमा छोपिने शालिग्राम हुने उल्लेख गरे । डा चालिसेले कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भेट्न सकिने बताए ।

कालीनदीमा बढी भएको पानीलाई डाइभर्सन गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिँचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ । यसबाट शालिग्रामको अस्तित्व हराउने होकी भन्ने यस क्षेत्रका नागरिकले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय