
२८ फागुन,काठमाडौं । बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ बर्षका शर्माको शुक्रबार काठमाडौंमा निधन भएको हो । उनको मृगौला सम्बन्धी रोगका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शर्माका परिवारमा एक छोरा र श्रीमती छन् । डेढ दशक बिबिसी नेपाली सेवामा काम गरेका उनले सन् २०११ मा वरिष्ठ संवाददाताबाट राजीनामा दिएका थिए । बिबिसीभन्दा अगाडि उनले द राइजिङ नेपाल, काठमाडौं पोष्ट लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।
प्रतिक्रिया