बिहिबार , बैसाख २, २०७८

शमी साहित्य साधना सम्मानबाट मोहन वैद्य पुरस्कृत

शमी साहित्य साधना सम्मानबाट मोहन वैद्य पुरस्कृत

२८ फागुन,काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत भएका छन् । शमी साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का महासचिव वैद्यलाई सम्मान गरेका हुन् ।

उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु¥याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसकेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु¥याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ ।

mohan 1 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय