आइतबार , बैसाख ५, २०७८

अवैध ४२ लाखसहित पक्राउ परेका दुईजना माथि थप अनुसन्धान सुरु

अवैध ४२ लाखसहित पक्राउ परेका दुईजना माथि थप अनुसन्धान सुरु

२८ फागुन, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।

अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई प्रहरीले विभागमा बुझाएको महानगरीय प्रहरी परिषद्का प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जुवातास खेलेर जम्मा गरेको अवैध रकमसहित गाडी आएको खबर पाएपछि प्रहरीले पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा. २१ च. ३८३९ नम्बरको कार जाँच गर्दा विनोदले चलाएको कारको डिक्कीमा रु २७ लाख फेला परेको उनले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त रकम सुमनको भएको बताएपछि निजलाई पेप्सीकोलाबाट पक्राउ गरी बालकोटस्थित कोठामा छापा मार्दा थप रु १५ लाख ३० हजार बरामद भएको गरी निजको रु ४२ लाख ३० हजार बरामद् गरेको प्रनाउ गिरीले जानकारी दिए ।

प्रहरीले घिमिरेको नाममा काटिएको रु दुई लाख ५० हजारको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, रु एक लाख ५० हजारको स्ट्याण्डर्स चार्टर बैंकको चेक एक थान, रु नौ लाख ९९ हजारको नेपाल बैंकको चेक एक थान, रु १५ लाखको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा रु ७२ हजार नगद जम्मा गरेको भौचरसमेत बरामद भएको जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका घिमिरे २०७४ कात्तिक १९ गते र पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौँबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको र खेलाएको अभियोगमा मुद्दा दर्ता भएको र २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरसमेतमा मुद्दा दर्ता भई पटके रहेको खुल्न आएको गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बारा स्वीकृत मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बारा स्वीकृत ३ हप्ता पहिले
सरकारको नेतृत्वमा जानेबारे पार्टीभित्र एउटै धारणा छ : प्रवक्ता शर्मा सरकारको नेतृत्वमा जानेबारे पार्टीभित्र एउटै धारणा छ : प्रवक्ता शर्मा १ हप्ता पहिले
दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य उपचार दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य उपचार २ हप्ता पहिले
ओली शक्तिशाली बन्दै अर्कोपटक पनि अध्यक्ष बन्ने बाटो खुलाउँदै, गौतमको असहमतिः आत्मसर्मण गरेको छैन ओली शक्तिशाली बन्दै अर्कोपटक पनि अध्यक्ष बन्ने बाटो खुलाउँदै, गौतमको असहमतिः आत्मसर्मण गरेको छैन ४ हप्ता पहिले
ओलम्पिक खेल रद्ध गर्न आग्रह ओलम्पिक खेल रद्ध गर्न आग्रह ३ दिन पहिले
प्युठानकाे स्वर्गद्वारी नजिकै जिप दुर्घटना, २ जनाको मृत्यु प्युठानकाे स्वर्गद्वारी नजिकै जिप दुर्घटना, २ जनाको मृत्यु ४ दिन पहिले
खाजा खाने क्रममा साथीलाई धारिलो हतियार प्रहार, २ जना नियन्त्रणमा खाजा खाने क्रममा साथीलाई धारिलो हतियार प्रहार, २ जना नियन्त्रणमा ४ हप्ता पहिले
सेनाले कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने  सेनाले कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने  २ हप्ता पहिले