बिहिबार , बैसाख २, २०७८

६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्वर प्लेट

६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्वर प्लेट

२८ फागुन, काठमाडौं । सवारीसाधनको सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ‘इम्बोस्ड’ नम्वर प्लेट लिने सरकारी सवारी साधनको संख्या झण्डै छ हजार पुगेको छ । सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्वर प्लेट लिन अनिवार्य गरेको थियो ।

सरकारले गत साउनमा इम्बोस्ड नम्वर प्लेट वितरण सुरु गरेको थियो । सबैभन्दा पहिले सरकारी सवारी साधनलाई नै अनिवार्य गरिएको यातायात व्यवस्था विभागका मेकानिकल इञ्जिनीयर मोहन भट्टराइले बताए । फागुनसम्म सो नम्वर प्लेट लिन अनिवार्य भनिएपनि त्यसपछि लिनेका लागि कुनै पनि जरिवाना तोकिएको छैन । अहिले शुरुआती चरण भएकाले क्रमिकरुपमा बढाउँदै जाने लक्ष्य लिइएको उनले बताए । अहिले दैनिक २० देखि ४० सरकारी सवारी साधनले नम्वर प्लेट लिइरहेका छन् । उनले भने, “आगामी दिनमा यो संख्या अझै बढ्न सक्नेछ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अझैसम्म सार्वजनिक र निजी सवारीसाधनमा नम्वर प्लेट लिनेको संख्या कम छ । यसलाई बढाउनकै लागि यो मितिसम्म अनिवार्य गरिने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरुवात गरे ।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डकारूपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चार पाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारी कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फर्म प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । यस्तो नम्बर प्लेट हाल प्रयोगमा रहेका नम्बर प्लेटभन्दा बढी टिकाउ छ । प्लेटमा रहेको चिपमा सो सवारी साधनसम्बन्धी सबै जानकारी हुने बताइएको छ ।

सरकारले विसं २०७४ मा नै सो नम्बर प्लेट वितरण गर्ने तयारी गरेको थियो । त्यतिबेला नेपालीमा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटका कारण प्रक्रिया अवरुद्ध भएको थियो । अहिले पनि प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नम्वर प्लेट नेपालीमा नै गर्नुपर्ने माग गरेका थिए । अहिले अङ्ग्रेजी भाषामा नै नम्बर प्लेट वितरण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इंग्ल्याण्डसँग ‘वानडे सिरिज’खेल्ने भारतको टोली घोषणा, कुणालसहित तीन खेलाडीले पहिलो पटक पाए मौका इंग्ल्याण्डसँग ‘वानडे सिरिज’खेल्ने भारतको टोली घोषणा, कुणालसहित तीन खेलाडीले पहिलो पटक पाए मौका ४ हप्ता पहिले
तनहुँमा क्षयरोगका बिरामी पहिचान गर्न कठिन तनहुँमा क्षयरोगका बिरामी पहिचान गर्न कठिन ३ हप्ता पहिले
समावेशी विकासका लागि जर्मनीबाट अनुदान समावेशी विकासका लागि जर्मनीबाट अनुदान ३ हप्ता पहिले
नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सूचीकृत नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सूचीकृत १ हप्ता पहिले
आफ्ना कामदारहरू बोतलमा पिसाब फेर्न बाध्य भएको सन्दर्भमा अमेजनले माफी माग्याे आफ्ना कामदारहरू बोतलमा पिसाब फेर्न बाध्य भएको सन्दर्भमा अमेजनले माफी माग्याे २ हप्ता पहिले
नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण ४ हप्ता पहिले
ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव–झलनाथ समुह पनि सामेल हुने ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव–झलनाथ समुह पनि सामेल हुने ४ हप्ता पहिले
रेशमको रिहाईको माग राख्दै राजधानीमा प्रदर्शन रेशमको रिहाईको माग राख्दै राजधानीमा प्रदर्शन ३ हप्ता पहिले