शुक्रबार , बैसाख ३, २०७८

बादल समुहका २२ जनालाई एमालेमा केन्द्रीय सदस्यको जिम्मेवारी

बादल समुहका २२ जनालाई एमालेमा केन्द्रीय सदस्यको जिम्मेवारी

२८ फागुन, काठमाडौं । माओवादी केन्द्र परित्याग गरि प्रधानमन्त्री केपी ओलीसँगै रहने निर्णय गरेका गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

आज बालुवाटारमा बसेको नेकपा एमालेका अध्यक्ष ओली पक्षीय केन्द्रीय समितिको भेलाले बादल समूहका २२ जनालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । एकपक्षीय रुपमा गरिएको उक्त निर्णयलाई माधव नेपाल रझलनाथ खनाल समुहले नमान्ने निर्णय गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओलीले नियुक्त गरेका २२ जनामा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय