बिहिबार , बैसाख २, २०७८

अब रिक्सा चढ्दा डीजीटल भुक्तानी हुन्छ : गभर्नर अधिकारी

अब रिक्सा चढ्दा डीजीटल भुक्तानी हुन्छ : गभर्नर अधिकारी

२८ फागुन, विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब रिक्सा चढ्दा डीजीटल भुक्तानी गर्ने पद्धतिको विकास भएको बताए । आज विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालिको सुरुवात गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डीजीटल कारोबार गर्न सबैमा आग्रहसमेत गरे । एनसीसी बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अधिकारीले के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानीका लागि क्यूआर कार्ड हस्तान्तरण गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

mahaparsad

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय