रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखा बुद्ध मलमा सुरुवात
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार ३:१३:३२
२८ फागुन, काठमाडौं । बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउदै ‘रश्मिलाज् फेसियल हाउस’ले आफूलाई विस्तार गरेको छ । बिहीबार बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रमुख अतिथि अभिनेता, निर्देशक तथा संचारकर्मी दिनेश डिसी, पत्रकार ऋषि धमला र नायिका अनु शाहले संयुक्त रुपमा रिबन तथा केक काटेर रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखा बुद्ध मलको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेंद्र बिश्वकर्मा, नायिका रेजिना उप्रेती, हास्य कलाकार पल्पसा डंगोल, नायिका खुश्बु खड्का, लोकदोहोरी गायिका संजु न्यौपाने, गायिका सहिमा श्रेष्ठ, बरिष्ट सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, सिता पाठक, सुमित्रा रंजित, मेनुका सिवाकोटी, रिना अवाले, रचना शाक्य, रेणु राना मगर, फेशन डिजाईनर इन्ता श्रेष्ठ, काजल शर्मा, सृजना पोखरेल, पत्रकार सुशील अर्याल, गणेश पाण्डे, गोंगबु आवास सुधार समितिका महेश्वर श्रेष्ठ लगायत सौन्दर्यकर्मी, कलाकार, व्यवसायी, सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको सञ्चालिका श्रेष्ठले बताएकी छिन् । ‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उनी निकै राम्रो सौन्दर्यविद् पनि छन’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’ रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गंगबुस्थित बिजी मलमा अलग अलग शाखा छन् । रश्मिलाज फेसियल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो ।
रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’ रश्मिलाज् फेसियल हाउसले काठमाडौं उपत्यकामा कम्तिमा दश वटा शाखा स्थापना गर्ने योजना बनाएको संरक्षक श्रेष्ठले बताएका छन् ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।
महिला र पुरुष दुबैका लागी फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको फेसियल हाउस सुन्धारा स्थित काठमाडौं मल र बालाजु बिजि मलको चौथो तला र बुद्ध मलको पहिलो तल्लामा संचालित छ ।
प्राय सबै सेलिब्रेटीदेखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकी संचालक सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठ हुन् । श्रेष्ठले परिवार कानूनको क्षेत्रमा दख्खल राख्ने भएपनि पछिल्लो समय सौन्दर्यको क्षेत्रमा सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार