बुधबार , बैसाख ८, २०७८

चन्द्रको लाहुरेुमा गौरभ र लक्ष्मी

चन्द्रको लाहुरेुमा गौरभ र लक्ष्मी

२८ फागुन, काठमाडौं । जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय