
२८ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई निषेध गरेर जाने भएपछि नेपाल समूह पनि प्रतिकार उत्रने भएको छ । एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले पार्टीको राष्ट्रिय भेला बोलाएर प्रतिकारको योजना तर्जुमा बनाउने भएको छ । साथै देशव्यापीरुपमा समानन्तर कमिटी निर्माणको तयारीमा समेत जुटेको छ ।
नेपाल पक्षले राष्ट्रिय भेला मार्फत आफ्ना कार्ययोजनाहरु तायर गर्ने भएको हो । राष्ट्रिय भेलामा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘केपी ओलीले विघटन गर्नुभयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने।
ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो । सो बैठकले भोलि शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको छ । महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ । प्रधानमन्त्री ओलीले आफू पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल सुरु गरिसकेको छ ।
नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रबार साँझ केपी ओलीबाट एकलौटी रुपमा गरिएको जिम्मेवारी हेरफेर अस्वीकार गर्ने र शसक्त प्रतिवाद गर्ने निस्कर्षमा पुगेको थिए । होटल अर्यालको बसाइपछि लफलपछि नेपाल पक्षका नेता रघुजी पन्तले ओली पक्षले गरेको निर्णय विधान विपरित भएको बताए । ‘पार्टीको विधान विपरित र एकतर्फी रुपमा गरिएको निर्णयको सशक्त प्रतिवाद गर्छौ त्यसलाई पार्टीले चिन्दैन’, पन्तले भने । शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर आोलीले आफू अल्पमतमा भएको २३ सदस्यीय कमिटी पनि खारेज गरिएको भएपनि शुक्रबार साँझ जारी गरिएको विज्ञप्तिमा भने त्यसबारे कुनै उल्लेख गरिएको छैन । स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन् ।
नेपाल पक्षले सांसदहरुमध्ये प्रत्यक्ष निर्वाचितलाई कारवाही गरे पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहिरहन सक्छन । तर, आफ्नो पक्षका समानुपातिक सांसदलाई ओलीले हटाउन खोजे सामूहिक राजीनामा दिने समेत तयारी भएको स्रोतले जनाएको छ । बालुवाटारनिकट एक नेताका अनुसार अध्यक्ष ओलीले केहि नेताहरुलाई आफूले माधव नेपालबिना नै पार्टी चलाउने संकेत गरेका थिए । उनले शुक्रबार त्यस्तै कदम चालेका छन । वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत उनीहरु पक्षका कुनै पनि नेताहरुलाई जानकारी नदिई राखिएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट उनले २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
आफू अल्पमतमा रहेको स्थायी कमिटी खारेज गरेको ओली निकट एक नेताले बताए । तर प्रदीप ज्ञावालीले जारी गरेको विज्ञप्तिमा भने माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मात्रै उल्लेख गरिएको छ । सो विज्ञप्तिमा एमालेको विधान परिमार्जन गरिएको भन्दै ७० वर्षको उमेर हदलाई हटाइएको छ । ‘केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ’, ज्ञावालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै विदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको हो ज्ञावालीले सो विज्ञप्ति मार्फत बताएका छन् । ज्ञवालीले वैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरेको जनाएका छन् । त्यस्तै वैठकले महाधिवेशनको समयावधि,उमेर हद ,कमिटीको संरचना लगायतका कतिपय प्रश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकुल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको उल्लेख गरिएको छ । यसले गर्दा ओलीलाई सहज भएको हो । यही फागुनबाट ७० वर्ष लागेका ओलीले आफू अनुकुल हुनेगरी विधान संशोधन गर्न लगाएका हुन् ।
नेपाल पक्षले सांसदहरुमध्ये प्रत्यक्ष निर्वाचितलाई कारवाही गरे पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहिरहन सक्छन । तर, आफ्नो पक्षका समानुपातिक सांसदलाई ओलीले हटाउन खोजे सामूहिक राजीनामा दिने समेत तयारी भएको स्रोतले जनाएको छ । बालुवाटारनिकट एक नेताका अनुसार अध्यक्ष ओलीले केहि नेताहरुलाई आफूले माधव नेपालबिना नै पार्टी चलाउने संकेत गरेका थिए । उनले शुक्रबार त्यस्तै कदम चालेका छन । वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत उनीहरु पक्षका कुनै पनि नेताहरुलाई जानकारी नदिई राखिएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट उनले २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
शुक्रबार नै त्यसलगत्तै बसेको पूर्वमाओवादी नेतासहितको बैठकबाट नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसिएको हो । २०७१ साल असारमा भएको नवौं महाधिवेशनमा ओली र नेपाल अध्यक्षका प्रत्याशी थिए । ओलीसँग नेपाल करिव ५० मतले पराजित भए । तर, सो महाधिवेशमनमा नेपाल पक्षले तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवसहित पदाधिकारीमा स्पष्ट बहुमत जितेको थियो । तर ओलीले नेपाल पक्षको जिम्मेवारी खोसेर आफू अनुकुल बनाएका छन् ।
प्रतिक्रिया