शुक्रबार , बैसाख ३, २०७८

ओली प्रवृतिविरुद्व लोकतान्त्रिक मोर्चा निर्माणमा माओवादी केन्द्र र जसपा एकमत

ओली प्रवृतिविरुद्व लोकतान्त्रिक मोर्चा निर्माणमा माओवादी केन्द्र र जसपा एकमत

२९ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजबादी दलबीच केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न लोकतान्त्रिक मोर्चा निर्माण गर्दै निर्वाचन सम्म कार्यगत एकता कायम राखेर अघि बढने विषयमा छलफल भएको छ ।

शनिबार पेरिसडाँडामा भएको छलफलमा दुई दलले ओली सरकारसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने निश्कर्ष निकाल्दै संविधान लोकतन्त्रको रक्षाका लागि ओली प्रवृति विरुद्ध बृहत मोर्चा निर्माण गरेर अघि बढने सहमती गरेको नेताहरुले जानकारी दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दुई दलको बैठक पछि जसपा ओलीलाई समर्थन गर्दै सरकारमा जादै छ अरे भन्ने पत्रकारको प्रश्नको जवाफमा यादवले भने ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू,’ ‘आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो।’

ओलीलाई सरकाबाट हटाउने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू सहमती नजिक पुगेको पनि यादवले बताए। यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने समेत यादवले जानकारी दिए ।

छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष्य नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन र जनार्दन शर्मा र देव गुरुङ र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए। सोहीबमोजिम जसपाले बिहीबार एमाले एमाले, शुक्रबार कांग्रेस शनिबार माओवादी केन्द्रसँग छलफल गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन ३ हप्ता पहिले
सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने ४ हप्ता पहिले
तनहुँ आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै तनहुँ आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै १ हप्ता पहिले
बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? १ हप्ता पहिले
नेपाल निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, नेटवर्थ कति ? नेपाल निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, नेटवर्थ कति ? ६ दिन पहिले
कांग्रेस चुनावी सरकारको पक्षमाःडा.कोइराला कांग्रेस चुनावी सरकारको पक्षमाःडा.कोइराला ४ हप्ता पहिले
फागुन ११ गते संसदको पुनःस्थापना भएको हो, सरकारको होइन : गुरुङ फागुन ११ गते संसदको पुनःस्थापना भएको हो, सरकारको होइन : गुरुङ २ हप्ता पहिले
नयाँ वर्ष आरम्भसँगै सुदूरमा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै नयाँ वर्ष आरम्भसँगै सुदूरमा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै २ दिन पहिले