डा.शेखरद्वारा शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त
नेपालबहस संवाददाता
फागुन २९, २०७७ शनिबार २०:२५:४१
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बीबीसी नेपाली सेवामा रहि डेढ दशक भन्दा लामो समयसम्म पत्रकारिता गर्ने नेपालका वरिष्ठ पत्रकार सुशील शर्माको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
कोइरालाले स्व. शर्माको निधनप्रति श्रद्धाञ्जली र शोकाकुल परिवाजनमा भावपूर्ण समवेदनाका पुष्पगुच्छा अर्पण गरेका छन् । शर्मा बीबीसी. नेपाली सेवाको नेपालको प्रमूख सम्बाददाताको पदमा रही काम गर्दै २०११ को नोभेम्बरमा उक्त पदबाट राजिनामा दिएका थिए । यसका अलावा उनले त्यसभन्दा अघि द राईजिङ्ग नेपाल, द काठमाण्डौं पोष्ट र स्पटलाईटमा समेत काम गरेका थिए ।
वस्तुनिष्ठ पत्रकारिता गर्ने समकालिन पत्रकारहरु मध्येका थोरैमध्ये एक शर्मा पत्रकारितामा तटस्थतालाई आफ्नो पहिलो र अन्तिम लक्ष बनाउन सक्ने विलक्षण प्रतिभाका धनि थिए । नेपालमा स्वतन्त्र पत्रकारिताका नयाँ अध्याय भित्र्याउने शर्मालाई उनकै सहयोगीहरु पनि मुक्तकण्ठले प्रशंसा गर्दथे। खेल पत्रकारिताबाट आफ्नो व्यवसायिक पत्रकारिता जीवन शुरु गरेका शर्मा पछल्लो समयमा राजनैतिक विषयबस्तुमा आधारित पत्रकारितामा आफुलाई अब्बल साबित गराएका थिए ।
डा. शेखरले आफ्नो फेसवुक पेजमा लेखेका छन् “पत्रकार शुशिल शर्माको निधनको खबरले स्तब्ध र दुःखी बनाएको छ । नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान हाम्रा सामु अविष्मरणीय छ। शोकाकुल परिवार एवं आफन्तजनमा समवेदना तथा स्व. शर्मा प्रति श्रद्धाञ्जली ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार