
२९ फागुन, दमक । “महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ नेपाल महिला संघ दमक नगर समितिले दमकमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाएको छ ।
महिलामाथि हुने जघन्य प्रकारका अपराधहरुलाई न्यूनिकरण गर्दै महिलाको हक अधिकार सुनिश्चितताको पूर्ण ग्यारेन्टी गर्ने अभियानका साथ दमकमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको नेपाल महिला संघ दमक नगर समितिका अध्यक्ष मन्धरा चिमरिया पौडेलले बताएकी छिन् ।
समाज परिवर्तनको मूल आधार नै महिलाको सुरक्षा र महिलाको सम्मान भन्ने कुरालाई नारामा मात्रै सिमित राख्न नहुने दमकका महिला अधिकारकर्मीहरुको जोड रहेको छ । कोठामा सम्पन्न गरिने कार्यक्रमहरुले महिलाहरुको अधिकार सुनिश्चितता नहुने देखेर नै यस पटक नेपाल महिला संघ दमक नगर समितिले दमकका १० वटै वडाहरुमा वडा स्तरीय कार्यक्रम सञ्चालन गरी अन्तराष्ट्रिय महिला दिवश मनाईएको नेपाल महिला संघ दमक नगर अध्यक्ष मन्धराको भनाई छ ।
यस पटकको श्रमिक महिला दिवशमा नेपाल महिला संघले वडा स्तरमा रहेका बृद्धबृद्धाहरुको घरदैलो सम्मान गरेर मनाएको हो । ग्रामिण क्षेत्रमा रहेर महिला अधिकारका क्षेत्रमा अतुलनिय योगदान गरिरहनु भएका अधिकारकर्मीहरुलाई समेत यस पटक सम्मान गरिएको महिला नेतृ मन्धरा बताउँछिन् । हिजो आप्mनो सम्पूर्ण जीवन सामाजिक सेवामा समर्पण गरेका बृद्धबृद्धाहरुलाई सम्मान गर्न पाउदा नेपाल महिला संघ दमक नगर समिति अत्यन्तै हर्षित र खुसी छ, महिला नेतृ पौडेलको कथन छ ।
वडा स्तरमै गएर गरिएको सम्मान कार्यक्रममा वडा नं. १ देखि १० नं. वडा भित्रका झण्डै ७५ जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्ने अधिकांश अभिभावहरुले नेपाल महिला संघको यस कार्यक्रमलाई प्रशंसा गर्दै नेपाल महिला संघको वर्तमान सकृयताबाट दमकको महिला नेतृत्वले फराकिलो फड्को मार्न सक्ने विश्वास आफुहरुले लिएको बताएकी छिन् ।
महिला अधिकारका क्षेत्रमा नेपाल महिला संघ दमक नगर समितिद्धारा जे जति कामहरु भैरहेका छन् ति राम्रा भए पनि अझै पनि कम नै भएको बताउदै अब झनै सकृयताका साथ महिला अधिकार सुनिश्चितताका अभियानहरु सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरिन् ।
प्रतिक्रिया