शुक्रबार , बैसाख ३, २०७८

प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आयाे : देउवा

प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आयाे : देउवा

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको भन्‍दै प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आएको बताएका हुन् ।

कार्यक्रम बोल्दै सभापति देउवाले कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले भने, प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ ।

साथै देउवाले कार्यक्रममा देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय