सोमबार , बैसाख ६, २०७८

कांग्रेसको महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण : वरिष्ठ नेता पौडेल

कांग्रेसको महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण : वरिष्ठ नेता पौडेल

२९ फागुन, बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गरे।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राखे । “अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद छ”, वरिष्ठ नेता पौडेलले भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उनले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गरे । उनले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा ‘माओवादी केन्द्र’ र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान २ हप्ता पहिले
कब्जाका जग्गा सरकारको नाममा ल्याउनु ठूलो उपलब्धि : मन्त्री तुम्बाहाङफे कब्जाका जग्गा सरकारको नाममा ल्याउनु ठूलो उपलब्धि : मन्त्री तुम्बाहाङफे २ हप्ता पहिले
‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ३ हप्ता पहिले
विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित एकजना पक्राउ विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित एकजना पक्राउ १९ मिनेट पहिले
पूर्वमन्त्री शर्मालाई मातृशोक पूर्वमन्त्री शर्मालाई मातृशोक ४ हप्ता पहिले
हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक ३ हप्ता पहिले
प्रविधिको प्रयोगले पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन सकिने प्रविधिको प्रयोगले पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन सकिने ३ हप्ता पहिले
पवनको फिल्म वकिल साबको ट्रेलर रिलिज, थिएटरभित्र धक्कामुक्का ! पवनको फिल्म वकिल साबको ट्रेलर रिलिज, थिएटरभित्र धक्कामुक्का ! ३ हप्ता पहिले