बुधबार , बैसाख ८, २०७८

ओली प्रतिपक्षमा बस्न पनि तयार

ओली प्रतिपक्षमा बस्न पनि तयार

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफूलाई पदबाट हटाए पनि २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार प्रवेश गर्ने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले आफू प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् ।

ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरेका छन् । कार्यक्रममा अध्यक्ष ओलीले भने, ७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।

उनले देशको विकास र जनताको समस्या समाधानका लागि आफूले राजनीति गरेको बताए । उनले भने ‘हामी राजनीतिक प्राणी हौँ, हाम्रो गन्तव्य सत्ता, सत्ता, सत्ता होइन, हाम्रो गन्तव्य देशको विकास, जनताको समस्या समाधान गर्दै अगाडि बढ्ने हो ।’

ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सार्वजनिक आह्वानसमेत गरे । बैठकमा सहभागी नभए विधानअनुसार अघि बढ्ने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय