ब्राजिलमा एकैदिन झण्डै ८६ हजार संक्रमित
नेपालबहस संवाददाता
फागुन २९, २०७७ आइतबार ०:१०:५२
२९ फागुन, रियो दि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन झण्डै ८६ हजार जना संक्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । ब्राजिलमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएपनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।
कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो ।
सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।
कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार