सोमबार , बैसाख ६, २०७८

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे सहज जित

१ चैत, एजेन्सी । सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो ।

खेलको ४७ औँ मिनेटमा जोन स्टोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ग्याब्रियल जिसुसले अग्रता दोब्बर बनाए । खेलको ६० औँ मिनेटमा पेनाल्टीबाट अगुएरोले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अगुएरोले पछिल्लो पटक ४१७ दिनअघि सेफिल्ड युनाइटेडविरुद्ध गोल गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

३० खेलपछि सिटीको ७१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडले दुई खेल कम खेलेको छ । उसको ५४ अंक रहेको छ । शनिबार नै भएका अन्य खेलमा चेल्सी लिड्ससँग गोलरहित बराबरीमा रोकिएको छ ।

नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा चेल्सी सबै प्रतियोगितामा खेलिएका १२ खेलमा अपराजित रहेको छ । उता, एर्भटन बर्नलीसँग १–२ गोलले स्तब्ध बन्यो भने क्रिस्टल प्यालेसले वेस्टब्रोमिच आल्बियोनलाई १–० गोलले हरायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय