वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १४:११:९
१ चैत,काठमाडौं । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ ।
समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान वितरण गरे । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले लेखेका कोरोनाबाट प्रभावित भई एकान्तवासमा रहेका बेला लेखेको महाकाव्य ‘अछूत’ को लोकार्पणसमेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति गुरुङले काठमाडौं उपत्यकाको काँठे संस्कृतिको अध्ययन अनुसन्धानमा अभिनव साहित्य समाजले काम गर्नु एवं गराउनुपर्ने र त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको भनाइ राखे । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयले साहित्यिक गतिविधिको प्रशंसा गर्दै हौसला प्रदान गरेको मन्तव्य राखे ।
समारोहमा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, साहित्यकार कोषराज न्यौपाने र बमबहादुर जितालीले पुरस्कार एवं सम्मानले स्रष्टालाई हौसला मिल्ने बताए । मेनका पोखरेल आचार्यले सम्मानित व्यक्तित्वद्वयको कृतित्व र व्यक्तित्वका विषयमा र परशुराम पराजुलीले लोकार्पित पुस्तकका विषयमा प्रकाश पारेका थिए । साहित्यकार घिमिरेले कोरोना भाइरस सङ्क्रमित भएका बेलाका अनुभव पुस्तकमा उतारेको जनाइएको छ ।
कार्यक्रममा २२९औँ नियमित कवि गोष्ठीअन्तर्गत सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, गोविन्द महत, डा शेषराज आचार्य, ओम कोइराला, मानन्धर अभागी, खोलोघरे साइलो, सिर्जना शर्मा, दिव्यलक्ष्मी पोखरेल, शान्ति रिसाल, दुर्गा अधिकारी, अच्युत पौडेल चिन्तन, गणेश खतिवडालगायत कवि एवं कवयित्रीले कविता वाचन गरेका थिए । सय भन्दा बढी साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा धेरैले रचना वाचन गरेका थिए । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटीमा कवि गोष्ठी आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार