बुधबार , बैसाख ८, २०७८

चैत ७ को केन्द्रीय कमिटी बैठक बहिस्कारको रणनीतिमा नेपाल-खनाल पक्ष

चैत ७ को केन्द्रीय कमिटी बैठक बहिस्कारको रणनीतिमा नेपाल-खनाल पक्ष

१ चैत, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मन्चबाट चैत ७ का लागि तय गरिएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरिरहँदा माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष भने उक्त बैठक बहिस्कार गर्ने मनस्थितिमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबारको बैठकबाट गरेका निर्णय खारेज नभए सम्म बैठकमा सहभागि हुन नसक्ने नेपाल-खनालपक्षका नेताहरुले बताएका छन् । “एकतर्फी निर्णयबाट थपिएका केन्द्रिय सदस्यहरुसँग समान हैसियतमा हामी बैठक बस्न सक्ने अवस्था रहदैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेकै संगठनलाई कामय रहेमात्र बैठकमा उपस्थित हुन सकिन्छ । शुक्रबार गरेका निर्णय फिर्ता नभए सम्म हामीहरु बैठकमा सहभागि हुन सक्ने अवस्था हुँदैन ”, नेता रघुजी पन्तले भने ।  अदालतले पार्टीलाई एकीकरणभन्दा पहिलेको अवस्थामा ब्युँताएको हुँदा सोही संरचनालाई निरन्तरता दिनुपर्ने नेता पन्तको जोड छ ।

नेपाल -खनाल समुहले बैठकमा जाने नजाने वा समान्तर संरचना बनाएर अघि बढने  लगायता विषयमा थप छलफल गर्न यही चैत ४ र ५ गते कार्यकर्ताहरुको राष्ट्रिय भेला बोलाएको छ ।  भेलामा समिति र जनसंगठनका नेताहरुको सहभागिता रहने र त्यसले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

अध्यक्ष ओलीले शुक्रबार आफूनिकट सदस्यहरुको बैठक बोलाएर केन्द्रीय सदस्यहरु थप र जिम्मेवारी हेरफेर र पदाधिकारी खारेजीको निर्णय गरेका थिए । यस्तै उनले पूर्वमाओवादीबाट ओली पक्षमा लागेका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । शनिवार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई संवोधन गर्दै पार्टी अध्यक्ष ओलीले चैत ७ गते बोलाएको केन्द्रिय कमिटी बैठकमा नआए पार्टीविधान अनुसार कारवाही हुने चेतावानी नेपाल पक्षलाई दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय