आइतबार , बैसाख ५, २०७८

आइतबार नेप्सेमा यी दुई कम्पनीको शेयरमूल्य समायोजन

आइतबार नेप्सेमा यी दुई कम्पनीको शेयरमूल्य समायोजन

०१ चैत, काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

महिला सहयात्रा लघुवित्त

नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार १४५ रुपैयाँ कायम भएको छ।

1 4

कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो

चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।

नेप्सेले सिर्जना फाइनान्स

त्यसैगरी, नेप्सेले सिर्जना फाइनान्स लिमिटेडको १३.५९ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ।

यी दुबै कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो। फागुन २६ गते बुधबार महिला लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सिर्जना फाइनान्सको २१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

2 3

सिर्जना फाइनान्सले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय