शुक्रबार , बैसाख ३, २०७८

महालक्ष्मी साहित्य पुरस्कार डा लम्साललाई

महालक्ष्मी साहित्य पुरस्कार डा लम्साललाई

१ चैत,मकवानपुर । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरियो ।

उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उनलाई पुरस्कृत गरेका छन् । । धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौंँ रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका थिए । रेडियो नेपालका समाचार प्रमुख डा लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु ५१ हजार बनाइएको हो । सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई दिइएको छ । कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय