बुधबार , बैसाख ८, २०७८

११ महिने शिशुलाई बाबुले गरे कलेजो दान

११ महिने शिशुलाई बाबुले गरे कलेजो दान

१ चैत, काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा आफ्नै बाबुले छोरालाई कलेजो दान गरेका छन् । ११ महिने शिशुलाई उनका ३५ वर्षका बाबुले कलेजो दिएका हुन् । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर सफल रुपमा कलेजो प्रत्यारोपण गरेका हुन् ।

काभ्रे घर भएका बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको थियो । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीले नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय