
१ चैत, काठमाडौं । सरकारले आज देशभरीका सवै स्थानीय तहमा कालोपत्र सडक पुर्याउने अभियान शुरु गर्दै छ । प्रधामन्त्री केपी शर्मा ओलीले देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्याउने अभियानको उद्घाटन गर्न लागेका हुन प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रममा प्रधामन्त्री ओलीले केहीबेरमा यससम्बन्धी कार्यक्रम उद्घाटन गर्ने बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही समय पछि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले जानकरी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर हुनेछ। हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू हुने बताइएको छ ।
सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
सडक सञ्जालले नजोडिएका २८३ वटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सडक पुर्याइसक्ने लक्ष्य रहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।
प्रतिक्रिया