बुधबार , बैसाख ८, २०७८

पर्सामा ४५ वर्षिय महिलामाथी छुरा प्रहार

पर्सामा ४५ वर्षिय महिलामाथी छुरा प्रहार

१ चैत, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । मुसहर टोलमा बस्दै आएकी ४५ वर्षे लक्ष्मिनिया देवी चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो ।

बिहान ३ बजेको समयमा २–३ जनाको समूहमा आएका व्यक्तिहरूले घरको बार काटेर घरभित्र पसेर छुरा प्रहार गरेको बताइएको छ । घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय