आइतबार , बैसाख ५, २०७८

तपाईकाे २०७७ साल चैत महिनाको राशीफल कस्ताे छ ?

तपाईकाे २०७७ साल चैत महिनाको राशीफल कस्ताे छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय मिश्रित रहेकोले खर्चालु यात्रा हुनसक्छ, ध्यान दिनुहोला । कार्यक्षेत्रमा आलोचनासहितको जनसमर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि कठिनाई तथा असजिलो परिस्थितिको सामना गर्नुपर्ने योग रहेको छ । आँखा,हड्डी तथा मुटु सम्वन्धी पुराना बिरामीहरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथीभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझावलाई हुबहु लागु गरेर अगाडि बढे फाईदा हुने देखिन्छ । तरपनि विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामोदुरीको विदेश यात्राको तय हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । बंश वृद्धिको गतिलो योग रहेको छ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पति हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्य सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामोदुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैत्रिक धन तथा भौतिक सम्पति हातलागी हुने योग रहेको छ । विपरित लिङगी तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । नोकरीमा पदोन्नति तथा व्यापार व्यवसायमा बढोत्तरी हुने गतिलो सम्भावना रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पति कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-  प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् ।राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी वर्गहरुले आफ्ना प्रतिस्पर्धीहरुलाई हराउन अलि बढी मिहेनत गर्नुपर्नेछ । मायाप्रेममा कहिले नजिक त कहिले टाढा हुने अवस्था रहेपनि अन्तत एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । राज्यभावमा गोचर गर्ने शुक्रले व्यापार व्यवसायमा मनग्गे नाफा कमाउन सकिनेछ भने विलाशिताका सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । यात्रा गर्दा ध्यान दिनुपरे पनि असजिलो अवस्था सिर्जना हुने छैन । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन, कला तथा वाणीमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- संघर्षका बावजुद, राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मानसम्मान पाईने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबढा तथा विशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्वन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज, बैंक तथा बित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पनि आर्जन गर्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । तापनि घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थायी सम्पतिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । तापनि बुध, शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाईलेखाईमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । पत्रकार, उद्योगी व्यापारी, खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । महिलाहरुले फेन्सी तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानीमा बढोत्तरी हुँने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्वन्धी रोगबाट पीडित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवनसाथीसँग राय बाजिए पनि थोरै स्रोतसाधनको प्रयोगबाट असीमित आवश्यकताहरू पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लगानीबाट न्यून आम्दानी हुनेछ । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव रहने हुनाले लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाईलेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धि हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति, व्यापारी, पत्रकार, विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- तुला राशी भएकाहरुका लागि यो महिना उत्तम रहेको छ । छैटौं भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्रस्थानमा आउनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थाती रहेको तथा अल्झेर बसेका कामधन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोश जागर बढेर आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, बिद्यार्थी तथा मेडिकल क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुका लागि समय उत्तम रहेको छ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्वन्धि समस्याले पिरोल्ने छ । समय र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुदा पढाईलेखाईमा अरु भन्दा पछि परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिनेछ । तापनि बुध, शुक्र तथा पराक्रम भावमा गोचर गरिरहेको मंगलको अनुकुल प्रभावले राजनीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पदप्राप्तिको गतिलो योग बनेको छ । लेखन, कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समयले साथ दिनेछ । लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भुमि तथा पैत्रिक धन प्रयोग गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धि पुराना बिरामीहरुले विशेष ध्यान दिनु जरुरी छ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्ने भएकोले राजनीतिकर्मी,समाजसेवी तथा घरजग्गाको व्यापारीहरुका लागि समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । छाती सम्बन्धि तथा श्वास प्रश्वास र मुटु सम्वन्धि समस्या आउन सक्छ, ध्यान दिनुहोला । बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईभेट कम्पनीहरुमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सक्नेछन । उपाहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मकर राशी भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रम काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखनकलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई क्याच गर्न नसक्दा उपलव्धि हातबाट फुत्किनेछ । धन सम्पती हराउने, लुटिने तथा स्थायी सम्पतिमा विवाद हुन सक्छ, ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्वन्धि समस्याले नसताउला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । तरपनि बुध, शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धि हासिल हुनेछ । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- मीन राशि भएका व्यक्तिहरुका लागी खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ, ध्यान दिनुहोला । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप, टाउको दुखाई, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानबीाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेको छ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एकअर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । तपाईको यो महिना शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय