बिहिबार , बैसाख २, २०७८

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने

०१ चैत, काठमाडौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन २९ गते शनिबार बसेको संचालक समितिको बैठकले एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

संस्थाको आगामी चैत्र २५ गते बुधबार आठौं वार्षिक सभा संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त सभामा प्रिमियममा एफपीओ शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल संस्थाले जनाएकाे छ । त्यस्तै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित साविक महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ आषाढ मसान्तसम्मको वासलात, नाफारनोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उअपर छलफल गरी पारित गरिनेछ यसका साथै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल हुनेछ ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १० गते बुकक्लोज गर्दैछ । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

fpo

7_page.indd

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा ७ घण्टा पहिले
गुफापोखरीको प्रबद्धनका लागि काभ्रेमा भेला गुफापोखरीको प्रबद्धनका लागि काभ्रेमा भेला २ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ९ घण्टा पहिले
आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने १२ घण्टा पहिले
राङराङ थलीमा पोखरीसहित पार्क निर्माण राङराङ थलीमा पोखरीसहित पार्क निर्माण ४ घण्टा पहिले
पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु १० घण्टा पहिले
वृद्ध सासुको सम्पत्ति लिएर हेरचाह नगर्ने सुष्माका श्रीमान रेग्मी पक्राउ वृद्ध सासुको सम्पत्ति लिएर हेरचाह नगर्ने सुष्माका श्रीमान रेग्मी पक्राउ १४ मिनेट पहिले
खाली ठाउँको सदुपयोग गर्दै पानीको फोहोरा खाली ठाउँको सदुपयोग गर्दै पानीको फोहोरा ६ घण्टा पहिले