खनाल–नेपाललाई एमालेमा निषेध
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १८:१८:३३
१ चैत, काठमाडौं । सर्वाेच्च अदालतले व्यूँताइदिएको नेकपा एमालेको भविष्य अब के होला ? धेरैको जिज्ञाशा छ । किनभने ब्यूँतिएको एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाललाई नवआगन्तुक बनाउन खोजिएको छ । अझ रमाइलो त के भने माओवादी केन्द्रबाट ओली गुट प्रवेश गरेका एकजना मन्त्रीले नै खनाल – नेपाल समूहलाई एमालेमा स्वागत गरेका छन् ।
गएको शुक्रबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटी बैठक बोलाएर खनाल–नेपाल समूहका सबै पदाधिकारीहरुको पद खोस्ने निर्णय गरे । साथै , माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरे । यद्यपि यो निर्णय ओली समूहका सदस्य मात्र बसेर गरेका हुन् । तर ओली पक्षको भनाईमा चाहिं खनाल–नेपाल समूह जानाजान नआएको हो ।
ओलीको निर्णय अर्काे पक्षले मान्ने अवस्था थिएन । त्यसैले हिजो खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक हिजो बस्यो । बैठकले ओलीको निर्णयलाई बहुलठ्ठीपूर्ण भन्दै समानान्तर कमिटी बनायो । साथै, चैतको ४ र ५ गते राजनधानीमा बृहत्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।हिजै मात्र प्रधानमन्त्री ओलीले चेतावनीको शैलीमा भनेका छन्– उहाँहरु (खनाल–नेपाल) केन्द्रीय कमिटी बैठकमा आउन छाड्नु भएको छ । चैतको ७ गते बोलाएको छु , आउनुहोला, नत्र विधानबमोजिम कारबाही हुनेछ ।
ओलीले सार्वजनिक रुपमा नेताहरुलाई आमन्त्रण गर्नुको विशेष कारण छ । त्यो भनेको उनीहरु नआउन् भन्ने नै हो । सार्वजनिक रुपमा भनेर चिढ्याउने ध्येय ओलीको हो । नभन्दै नेता नेपालले हिजै त्यसको जवाफ दिइसके । कसैले चिच्याएर, कराएर बोलाएको भरमा कतै गइन्न । औपचारिक रुपमा खबर आयो भने पार्टी कार्यालयमा बैठक गर्न सकिन्छ । तर त्यसको सम्भावना अब लगभग टरिसकेको नेता नेपाल नै स्वीकार्छन् । ओलीको हैकम मान्न नसकिने धारणा राख्दै नेता नेपालले एमाले विसर्जन गर्ने अभियानमा ओली अगाडि बढिसके, अब उनलाई लिएर नेकपा एमाले जोगिन सक्दैन ।
नेता नेपालको यो भनाई मान्ने हो भने अब नेकपा एमाले दुई चिरा परिसक्यो । किनभने ओलीलाई अस्वीकार गर्ने भन्दै समानान्तर कमिटी बनाइएको छ । स्वभाविक रुपमा दुबै खाले कार्यकर्ता परिचालन गरिने छ । ओलीले आगामी मंसिरमा पार्टीको दशाैं महाधिवेशनको मिति घोषणा गरिसके । तर खनाल – नेपाल पक्षले त्यसलाई मानेको छैन । त्यसैले मंसिरमा हुने महाधिवेशनमा खनाल – नेपाल पक्ष सामेल हुने सम्भावना देखिंदैन । यस्तो अवस्थामा ओलीले नेकपा एमाले एकलौटी पार्ने सम्भावना रहेको छ ।
ओली आफै पनि अब खनाल–नेपालरहित एमाले चाहन्छन् । एमाले ब्यूँतिएपछि ओली चुनाव चिह्न सूर्यमा एकलौटी गर्न उत्सुक छन् । सूर्य चिह्न लिएर विरोधी गुटलाई चुनाव लड्न नदिने उनको रणनीति छ । ओली त गएको शुक्रबार नै खनाल – नेपाललगायत केही नेतालाई कारबाही गर्न चाहन्थे । तर सुभाषचन्द्र नेम्बाङ र विष्णु पौडेलहरुले केही समय रोकिन आग्रह गरेपछि पछि हटेका थिए । ओलीको तर्क छ– अब एमालेमा खनाल–नेपाल समूह आउनु भनेको फेरि काउसो ल्याउनु हो ।
सूर्य चुनाव चिह्न पाएपछि आगामी चुनावमा पनि आफ्नो प्रभुत्व कायम रहने भन्दै अहिलेसम्म आफूले चालेका कदमको बचाउ गर्न समेत खनाल – नेपालरहित एमाले उनले चाहेका हुन् । त्यसै एमालेमा खनाल –नेपालको पुन प्रवेश र हैकम सहज लाग्दैन । स्वयं खनाल – नेपालको बुझाई पनि अब एमालेभित्रको राजनीति भनेको ओलीविरुद्ध संघर्ष गर्नु मात्रै हो । त्यसैले बृहत्त वाम मोर्चा बनाउनेतिर जाने हो की भन्ने तहमा समेत छलफल भएको बुझिएको छ । एमालेमा अब दुई पक्षको उपस्थितिले वाम आन्दोलन अगाडि बढ्न नसक्ने निश्कर्ष यो समूहले निकालेको छ । त्यसका लागि आगामी भेला मार्ग निर्देशक हुने ठहर उनीहरुले गरेका छन् ।
हिजो मात्रै नेता नेपालले भनेका थिए–अब कुनै चमत्कारै भयो भने मात्रै नत्र नेकपा एमाले अब विभाजित भयो । यसको सम्पूर्ण दोष उनले ओलीलाई दिएका छन् । हैन भने अदालतको आदेश बमोजिम २०७५ भन्दा अगाडिको अवस्थामा रहन सबै संरचना पुरानै रहनुपर्छ । कुनै नयाँ निर्णय गर्ने भए आफूहरुसमेतको सहमति रहनुपर्छ । नेता नेपालको यो सर्त मान्ने पक्षमा ओली छैनन् । ओली स्वयं नेपाल बिनाको एमाले बनाउने अभियानमा जुटिसकेका छन् ।
साथै, वाम ध्रवीकरण हुने गरी फेरि पनि नेकपा माओवादी केन्द्र लगायत वाम शक्तिबीच एकता कायम गर्न अग्रसर हुनुपर्ने सर्त नेता नेपालले राखेका छन् । त्यसका लागि ओलीले माओवादी केन्द्रको समर्थनमा सरकार बनाउनुपर्ने अर्काे प्रस्ताव राखिएको छ । यो प्रस्ताव ओलीले कुनैपनि मूल्यमा स्वीकार्दैनन् । बरु माओवादीको स्थानमा जनता समाजवादी दलकै समर्थन जुटाएर एकलौटी सरकार सञ्चालनलाई निरन्तरता दिन उनी उद्यत् छन् ।
यस्ता सैद्धान्तिक र व्यावहारिक अफ्ठ्राले गर्दा अब एमाले भन्ने पार्टी लामो समय सग्लो रहने अवस्था देखिंदैन । सादय यही अवस्था आओस् भनेर होला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओली सरकार अपदस्थ गरिहाल्न हतारिएका छैनन् । ओली जति बढी सत्तामा रहन्छन् त्यति नै ज्यादति गर्छन् र खनाल–नेपाल समूह टाढिनेछन् भन्ने बुझाई उनको हुनुपर्छ ।
त्यही अवस्थामा माओवादी केन्द्र पनि देखिएको छ । त्यसैले गएको शुक्रबार प्रचण्डले बुटवलमा आयोजित एक कार्यक्रममा भनेका थिए– अब एमाले सग्लो रहनेछैन , किनभने माधव नेपालहरुले कि त पार्टी कब्जा गर्नेछन् कि बिद्रोह गर्नेछन् । त्यसैको प्रतिक्रिया हो ओलीको कारबाही प्रकरण ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार