
१ चैत, काठमाडौं । नेकपा ‘माओवादी केन्द्र’को केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ। पार्टीको आगामी रणनीति तय गर्न
बैठक केहीबेर अघिदेखि पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएकाे हाे ।
आजको बैठकमा नेकपा विघटनपछिको परिस्थिति र आगामी कार्यदिशाबारे छलफल सुरु भएको छ । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विघटन हुने फैसला गरेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको हो।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका पार्टी नेताहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो। त्यस्तै एमाले केन्द्रीय कमिटीमा मनोनित भएका गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरीलगायतका २२ जनालाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो।
प्रतिक्रिया