बुधबार , बैसाख ८, २०७८

उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल

उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल

१ चैत,विराटनगर । उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल निर्वाचित भएका छन् । सुयश सहित १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्गठनको शनिबार सम्पन्न ४८औँ साधारणसभाले १७ औँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट छानिएका हुन् ।

विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित भएको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय