प्याराग्लाइडिङ महोत्सवले लोभ्याइदिएको मन
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १८:३९:१९
१ चैत,गुल्मी । आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफैंमा दङ्ग परेका थिए । कतिपयत हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म थिएन ।
मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ । मनमा रहर हुँदाहुँदै यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने ।
गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि प्याराग्लाइडिङ गर्ने अवसर जु¥र्यो । “शुरुमा त मनमा कताकता डर लागेको थियो । धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरे”, उनले भने । आकाशमा चरा जस्तै उड्दै गर्दा उनले नजिकवाट सुन्दर पाखापखेरा र डाँडाकाँडा देख्दा निकै रमाईलो लागेको उनले अनुभव सुनाए ।
मालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यको खोजीमा टेवा पु¥याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा ८६ उडान गरिएको थियो । गत मङ्सिर अन्तिम साता स्काइ लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत मालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएकोे थियो । स्काइ लाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्नसक्ने जानकारी दिए ।
भौगोलिक दृष्टिकोणले मालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे डौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचूर सम्भावना रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ । गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यावसायिक केन्द्र बन्नसक्ने बताए । उनले गाउँपालिकाकोतर्फबाट आगामी दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने जानकारी दिए । बाह्य पर्यटकले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य हुनसक्ने गाउँपालिकाले जनाएको छ ।
बजार र व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाकोतर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । गाउँपालिका आफैँले महोत्सव सञ्चालन नगरे पनि स्थानीय सङ्घसंस्थाले गरेका कार्यक्रममा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
लुम्बिनीमा तीन सांसद रहेको जसपाले छाड्यो सरकार
बैशाख ९, २०८१ आइतबार
डढेलोले तीन जिल्लाका सय बढी घरगोठ जले, चार घाइते
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार