सोमबार , बैसाख ६, २०७८

माछापुच्छ्रे र सिभिल बैंकको नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

माछापुच्छ्रे र सिभिल बैंकको नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

०१ चैत, काठमाडौं । दुई वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आइतबार माछापुच्छ्रे बैंक र सिभिल बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

माछापुच्छ्रे  बैंकले कुन खातामा कति दिँदैछ ब्याज ?

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

माछापुच्छ्रे बैंकले संचालनमा ल्याएको १४ वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ न्यूनतम ६ दशमलव ५० देखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकको बेसरेट ७ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १४ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा व्याक्तिगततर्फ होम कर्जामा ५ वर्ष अवधिसम्मको लागि ९.८९ प्रतिशत १० वर्षे अवधिको कर्जामा १०.८९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, अटो कर्जामा ५ वर्ष अवधिको कर्जामा ९.९९ प्रतिशत, १० वर्षे अवधिको कर्जामा १०.९९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य कर्जामा न्यूनतम १०.२४ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

machh999 rotated

सिभिल बैंकले कुन खातामा कति दिँदैछ ब्याज ?

सिभिल बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा ३ दशमलव ७५ प्रतिशतसम् कायम गरेको छ ।

त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ न्यूनतम ६ देखि अधिकतम ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ न्यूनतम ५।६० देखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकको बेसरेट ८.१६ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १३.१६ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा न्यूनतम १०.६६ देखि १३.१६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

civil bank 1

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय